ई-सेवाले ल्यायो रिफर एन्ड अर्न अफर

भुक्तानी सेवा प्रदायक ई-सेवाले फेरि रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ। उक्त अफरअन्तर्गत ई-सेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरूलाई ई-सेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन्। रिफर गरेको व्यक्तिले ई-सेवामा रजिस्टर गर्दा २० रुपैयाँ आम्दानी गर्न सक्नेछन्।

ई-सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खाने पानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।

ई-सेवामा न्यूनतम एक सय रुपैयाँ रकम लोड गर्दा ५ रुपैयाँ र कारोबार गर्दा १० रुपैयाँसहित ३५ रुपैयाँ आम्दानी गर्न सकिन्छ। रिवार्ड प्राप्त गर्नको लागि रिफर लिंक आएको ७ दिन भित्र सोही लिंक क्लिक गरी आग्रह-रिफर स्विकार गर्नुपर्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *