आयोगमा दर्ता भए १० नयाँ पार्टी

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुन नयाँ १० राजनीतिक पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् ।

आयोगले यही फागुन ५ गते पार्टी दर्ताको लागि आव्हान गरेको थियो । सोही अनुसार नयाँ पार्टी आयोगमा दर्ता भएका हुन् ।

दर्ता भएका नयाँ पार्टीमा जनमत पार्टी, मंगोल नेशनल अर्गानाईजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशिल पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी रहेका छन् ।

‘आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरुको संख्या १०९ पुगेको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *