नेसनल माइक्रोफाइनान्सले डाक्यो विशेष साधारणसभा

काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा आह्वान गरेको छ।

जेठ १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेकोहो । सभा धादिङको धादिङबेसीस्थित धादिङ क्रिक रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले नेसनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीचको मर्जर सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने प्रतिवेदन पारित गर्नेछ।

नेसनल माइक्रोफाइनान्स र समीट लघुवित्तको मर्जर प्रयोजनका लागि तय गरिएको १ः०.७३ अनुपात अर्थात नेसनल माइत्रफाइनान्सको १ कित्ता सेयरबराबर समीट लघुवित्तको ०.७३ कित्ता सेयर हुने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

मर्जर प्रयोजनका लागि भएका प्रारम्भिक समझदारीदेखि सञ्चालक समितिबाट भएका निर्णयहरु सबै सभाले स्वीकृत गर्नेछ।

मर्जर प्रयोजनका लागि अन्तिम सम्झौतालगायत अन्य सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

आपसमा गाभिएपछि ‘नेसनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

मर्जरपछि संस्थाको रजिस्टर्ड कार्यालय काभ्रेको बनेपामा हुने र अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र जारी पुँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार २१९.५३ रुपैयाँ हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ संस्थाले यही जेठ २५ गतेदेखि असार ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ यही जेठ २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको विशेष साधारणसभामा भाग लिन पाउनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *