आज पनि बढ्यो सुनको मूल्य, बन्यो नयाँ कीर्तिमान

काठमाण्डौ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै छापावाला सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको छ।

हिजो छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

यो सातामात्रै सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ। गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

सरकारले सुनको भन्सार दर बढाएका कारण सुनको मूल्य लगातार बढिरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *