काठमाडौं । आइएमई पेले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ । ‘रु. १४ मा आइफोन १४’ नामक यो अफर आज जेठ १८ गतेदेखि असार ३० गतेसम्म डेढ महिनासम्म चल्ने छ ।
यस अफरमा ग्राहकले आइएमई पेको ‘रु. १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्नेछन् । यो गेम ग्राहकले जतिपटक पनि रु. १४ तिरेर खेल्न पाउने छन् ।
आइफोन जित्ने ग्राहकको आइएमई पेबाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ताभित्र आइएमई पेमा फिर्ता हुनेछ ।
Artha Sanjal
अर्थ सन्जाल