काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा समस्या समाधान गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ४ दिने भारत भ्रमणका क्रममा विभिन्न सम्भौतामा हस्ताक्षर गरेपछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, “नेपालसँगको सबै असमझदारी समाधान गर्न चाहन्छौँ । चाहे सीमाको होस् वा अन्य, सबैको समाधान गर्छौँ ।” मोदीले नेपाल र भारतबीचको सम्बन्धमा सुधार आएको बताएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल