माछापुच्छ्रे बैंकले भन्यो, ‘ग्राहकको रकम हराएकाेमा हाम्रो सिस्टमकाे दोष देखिएन’

माछापुच्छ्रे बैंकले  रौतहट शाखाबाट ग्राहकको रकम अन्यत्र ट्रान्सफर भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आफ्नो सिस्टममा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । यस घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै बैंकले यसबारे अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ्ग प्रयोग गरी अन्य बैंकका विभिन्न खाताहरु तथा खल्ती वालेटमा ट्रान्सफर भएको पाइएको पनि जनाएको छ ।

बैंकले विज्ञप्तिमार्फत भनेको छ, ‘बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एसएमएस, एक्टिभेसन कोड तथा ओटीपी ग्राहककै मोबाइलमा गएको देखिएको हुनाले उक्ता कोड अनधिकृत व्यक्तिलाई जानकारी नगराई वा ग्राहकको मोबाइलमा अनधिकृत पहुँच नपुर्याई उक्त कारोबार हुन नसक्ने देखिन्छ । यस सम्बन्धमा थप अनुसन्धान गरी आश्यक कारबाही गर्न प्रहरीमा अनुरोध समेत गरिसकिएको जानकारी गराउन चाहन्छौं ।’

बैंकले आफ्ना अन्य सम्पूर्ण ग्राहकको खातामा रहेको बचत पूर्ण रुपमा सुरक्षित रहेको पनि जनाएको छ । साथै मोबाइल बैंकिङ्ग प्रयोग गर्दा सावधानी अपनाउन पनि सबैमा अनुरोध गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *