

मर्जर प्रकृयामा रहेका अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार यही जेठ १४ गतेदेखि हुने भएको छ । यी दुई कम्पनीबीच मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा भएसँगै युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुने भएको हो ।
अन्तिममा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
युनाइटेड इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर अजोडको ८२.५ कित्ता कायम गरी दुई कम्पनी मर्जरमा गएका हुन । यी दुई कम्पनीबीच २०७९ पुस २६ गते मर्जरमा जाने सैद्धान्तिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउने छन् । यी दुई कम्पनीबीच सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको हो । अन्तिममा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
त्यस्तै, हाल युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ७ करोड रुपैयाँ छ । अजोडको एक अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी छ । १०० बराबर ८२.५ को स्वाप रेसियोमा मर्ज भएसँगै बन्ने युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी करिब एक अर्ब ९० करोड रुपैयाँ पुग्ने छ ।

अर्थ सन्जाल