हाम्रो अस्पतालमा एनएमबि बैंकका ग्राहकहरुलाई सहुलियत

एनएमबि बैंकले विराटनगरको हाम्रो अस्पतालमा उपचारको लागी आएका व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको छ । उक्त समझदारी अनुशार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराईएको छ ।

उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा छुट उपलब्ध गराउनेछ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *