नेपाल स्टक एक्सचेञ्जमा साताको कारोबारको पहिलो दिन आज आइतबार सामान्य अंकका गिरावट आएको छ । आज नेप्से ३९.४० अंकले घटेर दुई हजार ६ सय ९३ दशमलब १० विन्दुमा झरेको हो । आज ४ अर्ब ८ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा तेह्रथुम पावर कम्पनी र युनाइटेड इदी मर्दी हाइड्रोपावर रहेको छ ।