४ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

आइतबार विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा तीन वाणिज्य बैंकसहित गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।जसमध्ये गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५।५००४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १० लाख ८६ हजार ६५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

वाणिज्य बैंकमध्ये नेपाल बङ्गलादेश बैंक, लक्ष्मी बैंक र सनराइज बैंकको बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये नेपाल बङ्गलादेश बैंकको १२ प्रतिशत अर्थात १ करोड ८ लाख ५ हजार ७८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

लक्ष्मी बैंकको ८ प्रतिशत र सनराइज बैंकको ६।६५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । जसमा लक्ष्मीको ८५ लाख ५६ हजार ५५१ कित्ता र सनराइज बैंकको ६३ लाख ९ हजार ४८३ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । सूचीकृत सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुनेछ र दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *