PARK N’ WASH को ‘दशैं तिहार धमाका’, फ्री वाससहितका उपहार योजना

काठमाडौं । दशैं–तिहारको अवसरमा सवारीसाधन सफाइलाई लक्षित गर्दै PARK N’ WASH ले ‘दशैं तिहार धमाका’ योजना सार्वजनिक गरेको छ।

‘Dashain Tihar Dhamaka – FREE WASH & Many More Gifts’ नारासहित ल्याइएको योजनाअन्तर्गत ग्राहकले सवारीसाधन धुलाईसँगै फ्री वास तथा अन्य उपहार प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार योजनामा सहभागी हुने ग्राहकले तोकिएका नियम तथा सर्तअनुसार विभिन्न सुविधा र उपहार प्राप्त गर्न सक्नेछन्।

चाडपर्वमा नयाँ लुगा, घरको सरसफाइ र किनमेलसँगै सवारीसाधनलाई समेत सफा तथा आकर्षक बनाउने चलनलाई ध्यानमा राखेर योजना ल्याइएको कम्पनीको भनाइ छ। विशेषगरी लामो यात्रा तथा पारिवारिक भेटघाटका क्रममा प्रयोग हुने कार तथा मोटरसाइकललाई सफा राख्न चाहने ग्राहकलाई योजनाले लक्षित गरेको छ।

PARK N’ WASH मा सवारीसाधन धुने सुविधासँगै ग्राहकका लागि खानपानको व्यवस्था पनि गरिएको छ। सवारीसाधन सफा भइरहँदा ग्राहकले त्यहीँ रहेको ‘Chiya-licious by PARK N’ WASH’ क्याफेमा बसेर चिया, कफी तथा विभिन्न परिकारको स्वाद लिन सक्नेछन्।

क्याफेमा विशेष स्वादका चिया, ह्यान्ड–ब्रुड कफी, स्न्याक्स तथा अन्य खानाका परिकार उपलब्ध रहेको कम्पनीले जनाएको छ। सवारीसाधन धुने क्रममा कुर्नुपर्ने समयलाई समेत आरामदायी र उपयोगी बनाउने उद्देश्यले क्याफे सञ्चालन गरिएको कम्पनीको भनाइ छ।

सवारीसाधन सफाइ र खानपानलाई एउटै स्थानमा जोड्दै PARK N’ WASH ले ‘Wash Your Vehicle, Enjoy Your Time’ अवधारणालाई अघि सारेको छ। कम्पनीका अनुसार ग्राहकले आफ्नो कार वा मोटरसाइकल सफा गराउँदै परिवार तथा साथीभाइसँग चिया–कफीको आनन्द लिन सक्नेछन्।

कम्पनीले दशैं–तिहारको अवसरमा ग्राहकलाई सवारीसाधन सफाइसँगै मनोरञ्जन र उपहारको अनुभव दिने उद्देश्यले योजना ल्याएको जनाएको छ। ‘दशैं तिहार धमाका’ योजना ३० कात्तिक २०८३ सम्म लागू हुने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *