३५ जना उपसचिवकाे सरुवा, कसलाई कहाँ खटाईयो ? (सूचीसहित)

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३५ जना उपसचिव तथा सोसरहका कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।

मन्त्रालयले असोज ५ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, स्थानीय तह, जिल्ला समन्वय समिति तथा अन्य सरकारी निकायमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।

निर्णयअनुसार २१ जना प्रमुख प्रशासकीय अधिकृतसहित ३५ जना उपसचिव तथा सोसरहका कर्मचारीको सरुवा गरिएको छ। यसक्रममा विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसमेत परिवर्तन गरिएको छ।

त्यस्तै, संघीय मन्त्रालय तथा अन्य सरकारी निकायमा कार्यरत केही उपसचिवलाई स्थानीय तहमा कामकाजमा खटाइएको छ। केही कर्मचारीलाई संघीय मन्त्रालय तथा मातहतका निकायमा सरुवा गरिएको छ भने जिल्ला समन्वय समितिमा कार्यरत जिल्ला समन्वय अधिकारीहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको छ।

मन्त्रालयको निर्णयसँगै स्थानीय तहको प्रशासनिक नेतृत्वदेखि संघीय मन्त्रालय र जिल्ला समन्वय समितिसम्म कार्यरत उपसचिवहरूको जिम्मेवारी परिवर्तन भएको छ।

सरुवा-विवरण-2083-6-5 (उपसचिव)_lymtlrv_page-0001सरुवा-विवरण-2083-6-5 (उपसचिव)_lymtlrv_page-0002सरुवा-विवरण-2083-6-5 (उपसचिव)_lymtlrv_page-0003सरुवा-विवरण-2083-6-5 (उपसचिव)_lymtlrv_page-0004

Leave a Reply

Your email address will not be published. Required fields are marked *