माछापुच्छ्रे बैंकका कर्मचारीको बढुवा

माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।

नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशक भन्दा बढीको बैंकिङ्ग अनुभव संगालिसकेका छन् र माछापुच्छ्रे बैंकमै लामो समय सम्म उच्च व्यबस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकीय दक्षता भएका थापा बहु बैंकिङ्ग ब्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अव्वल मानिन्छन् ।

त्यस्तै उप महाप्रबन्धक पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशक जतिको अनुभव सँगालेका छन् र अर्यालसँग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको माछापुच्छ्रे बैंकका प्रवत्ताले बताएका छन् ।

बैंकको बिस्तारित व्यवसाय, स्तरीय सक्षम व्यबस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ«े बैंक बैंकिङ्ग क्षेत्रमा अव्वल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित बैंक मानिन्छ ।

बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ्ग सुविधा मार्फत सेवा प्रदान गदै आईरहेको छ । र १५ सय भन्दा बढी कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *