यौन दुर्व्यवहारमा डोनाल्ड ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना

काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाइ न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर गरेको छ। न्यूयोर्कको एउटा जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले म्यागेजिनकी लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको र त्यसबारे झुटो बोलेर उनलाई बदनाम गरेको ठहर गरेको छ।

एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। सोही मुद्धामा दोसी ठहर गर्दै पीडितलाई क्षतिपूर्तिमा ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको बीबीसीले जनाएको छ।

ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको  गम्भीर आरोप भने अस्वीकार गरिएको छ ।

आदेशपछि लिखित वक्तव्यमा क्यारोलले भनेकी छन्, “आज विश्वले वास्तविकता थाहा पाएको छ। यो मेरो मात्रै नभएर आफूलाई विश्वास नगरिएका कारण पीडा खेपेका प्रत्येक महिलाको जित हो।”

ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको र उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन्।

यौन दुव्र्यवहारमा विवादित रहेका ट्रम्प पहिलो पटक कानुनी रूपमा दोसी ठहर भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *