प्रि–बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महत

संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ आज अर्थमन्त्री ड. प्रकाशशरण महतले दिने भएका छन्।

आइतबार अर्थमन्त्रीले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि सोमबारबाट (प्रि–बजेट) माथि छलफल सुरु भएको थियो। तीन चलेको छलफलमा सांसद्हरूले उठाएका प्रश्नको जवाफ आज मन्त्री महतले दिन लागेका हुन्।

संसद् सचिवालयका अनुसार अहिले बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। आज प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *