नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले उकालो लागेको छ ।
आज नेप्से परिसूचक मंगलवार २७.३१ अंकले बढेर १८७१.३३ बिन्दुमा पुगेको छ । यस दिन ९४ करोड १३ लाख ६३ हजार ९४१ रुपैयाँको सेयर कारोबार भएको छ।
मंगलवार शिवम् सिमेन्ट्सको सर्वाधिक ७ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावर, प्रभु बैंक, हिमालयन डिष्टिलरी, नबिल बैंक, शिवश्री हाइड्रोपावर, एनआइसी एशिया बैंक, कुमारी बैंक, हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।







