बैंक कर्मचारी भन्दै केवाईसी अद्यावधिकको बहानामा ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । बैंकको कर्मचारी भन्दै केवाईसी अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।

साइबर ब्युरो भोटाहिटीको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा साउन ३१ गते उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा देवताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिम रामग्राम–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम–१७ का २२ वर्षीय विद्यसागर केवट र पर्सा वीरगञ्ज–३ का २७ वर्षीय कुवेर थापा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई फोन र ह्वाट्सएपमार्फत सम्पर्क गरी स्क्रिन सेयर गर्न लगाउने तथा ओटीपी कोड माग्ने गरेका थिए। त्यसपछि बैंक खातामा पहुँच पुर्‍याएर रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेको खुलेको छ।

पक्राउ परेकामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *