काठमाडौं । जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भनी सरकारले गरेको घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले उक्त रिट निवेदन दर्ता नगर्ने भनी अदालत प्रशासनले गरेको आदेशलाई बदर गर्दै दर्ताको आदेश दिएको हो ।
यस अघि अधिवक्ता ज्ञानेन्द्र आरण लगायतले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णयले हिंसालाई प्रोत्साहन गरेको भन्दै त्यसलाई बदर गर्न माग गरी सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए । अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो ।




