सर्वोच्चको फैसलाले तंग्रिँदै गरेको अर्थतन्त्र तरंगित, विज्ञ भन्छन्–‘ठूलो चुनौती आउन सक्छ’
काठमाडौं । बिस्तारै तंग्रिँदै गरेको मुलुकको अर्थतन्त्रलाई सर्वोच्च अदालतको एउटा फैसलाले तरंगित पारेको छ । कोरोना महामारी र रुस–युक्रेन युद्धको प्रभावले थलिएको नेपालको अर्थन्त्र बिस्तारै चलायमान हुँदै गइरहेको विवरणहरू सार्वजनिक भइरहेका बेला तरंगित पार्ने फैसला सर्वोच्चले गरेको हो । यही असार २१ गते सर्वोच्चका न्यायाधीशहरु ईश्वरीप्रसाद खतिवडा, सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बैंकिङ कसुरसम्बन्धी…



