तनहुँ–१ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार,कसले मर्ला बाजी ?

काठमाडौं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दिने पक्का भएको छ । बिहीबार नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका उनी तनहुँ १ मा उपचुनाव लड्ने भएका हुन् ।

डा. वाग्ले तनहुँ १ बाट उम्मेदवार भएको पुष्टि रास्वपाका नेता अरनिको पाण्डेले वाग्ले गरेका हुन् । सामाजिक सञ्जाल ट्वटीरमा पाण्डेले रास्वपाबाट वाग्ले उम्मेदवार भएको उल्लेख गरे ।

आगामी वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका गोविन्द भट्टराई, रास्वपाका वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *