सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आज, यस्ता छन् एजेन्डा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८ औं वार्षिक साधारण सभा आज (चैत १७ गते) लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुँदैछ ।

सभाले आर्थिक बर्ष २०७८/७९को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ८ दशमलव ५३४ बोनश शेयर र ० ४४९ नगद लाभांस गरी कुल ८ दशमलव ९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले गत आर्थिक वर्षको वित्तिय विवरण, वासलात, लेखापरिक्षण लगायतका अन्य महत्वपुर्ण प्रस्तावहरु पारित गर्ने छ ।

यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु समेत पारित गर्नेछ।

बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २८ गतेदेखि चैत १७ गते सम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो। जसनुसारर फागुन २७ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागी हुन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *