लघुवित्तको अवस्थाबारे अध्ययन गर्न राष्ट्र बैंकद्वारा उच्चस्तरीय समिति गठन

लघुवित्त वित्तीय संस्थाको पछिल्लो अवस्थाबारे अध्ययन गर्न नेपाल राष्ट्र बैंकले उच्चस्तरीय समिति गठन गरेको छ । नेपालमा लघुवित्त वित्तीय संस्थाको अवस्था र यसले अर्थतन्त्रमा पुर्‍याएको योगदानबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन भएको हो ।

बैंकले अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । सात सदस्यीय उक्त समितिमा लघुवित्त बैंकर्स संघका अध्यक्ष र बाँकी २ जना स्वतन्त्र विज्ञ सदस्य रहेका छन् । संयोजक सहित बाँकी ४ जना राष्ट्र बैंकका उच्च अधिकारीहरु छन् ।

उक्त समितिले लघुवित्त क्षेत्रमा देखिएका समस्या, नीतिगत व्यवस्थामा रहेका समस्यालगायतका विषयमा अध्ययन गरेर ६ महिनाभित्र राष्ट्रबैंकलाई प्रतिवेदन पेस गर्नुपर्ने छ । यद्यपि उक्त समितिले राष्ट्र बैंकबाट औपचारिक पत्र भने पाइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *