बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज (फागुन २३ गते ) अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिसकेकाे छ भने १ हजार ५०० कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागिआवेदन दिन पाउनेछन् ।

जसका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ । यस आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *