काठमाडौं । नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गर्न सफल भएका छन। क्याप्टेन पाइलट भावना पन्त र कोपाइलट श्रृजना राउतले काठमाडौंदेखि दुबईसम्मको सफलतापूर्ण उडान गर्न सफल भएका हुन ।
उनीहरुलाई दुबई विमान स्थलमा पुगेपछि गैरआवासीय नेपाल संघ (यूएई) ले स्वागत गरेको थियो । स्वागत तथा सम्मानका लागि गैरआवासीय नेपाली संघ मध्यपूर्वका संयोजक मनोज गोर्खाली, एनआरएनए युएईका उपाध्यक्ष निरंजन सिलवाल र शोभा शर्मालगायतले विमानस्थल पुगेर उनीहरुलाई स्वागत गरेका थिए ।




