शुभम पावरको आईपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?

शुभम पावर लिमिटेडको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको १०० अंकित दरका कुल २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेमा यो कम्पनीको संस्थापक समूहको १४ लाख कित्ता, स्थानीयको १९ हजार २४० कित्ता र सर्वसाधारणको ५ लाख ८० हजार ५८० कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेले यो कम्पनीलाई ‘एसपीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सले प्रतिकित्ता न्यूनतम ८८.४८ रुपैयाँ र अधिकतम २६५.४४ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

अब यो कम्पनीको सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। आइतबार नेप्सेले तोकेको रेन्जभित्र स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर किनबेच भएको खण्डमा नियमित समयका लागि कारोबार खुल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *