काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ११.२३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ७.४८ प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले करिब ३३ करोड ७४ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा करिब १७ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार सेयरधनीले कुल करिब ५० करोड ८० लाख रुपैयाँ बराबरको लाभांश पाउनेछन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी २५औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।




