विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३२ करोड रुपैयाँको कुल २१.०५२६ प्रतिशतले हुन आउने ६ करोड ७६ लाख ६८ हजार ४२१.०५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ६ करोड ४० लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशतले हुन आउने ३३ लाख ६८ हजार ४२१.०५ प्रतिशतबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि अगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ ।
Artha Sanjal






