माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज माघ २६ गते बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटलको कार्यालयमा माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो।

कम्पनीले गत माघ १३ गतेदेखि माघ १७ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो।

कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको थियो। कुल निष्कासनमध्ये ५ प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

सीडीएससी प्रणालीमा रितपूर्वक १२ लाख ८४ हजार २३० आवेदकबाट कुल १ करोड ४२ लाख ३ हजार ६९० कित्ता सेयरका लागि आवेदन परेको थियो। जसमा अन्तिम बाँडफाँडका लागि १२ लाख ७८ हजार ६८८ आवेदकबाट परेको १ करोड ४१ लाख १७ हजार ३९० कित्ता सेयर योग्य भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार १ लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। जसअनुसार बाँडफाँडका लागि भएका आवेदकमध्ये १० लाख ७९ हजार ४८८ जनाको हात खाली भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *