३० नगद छुटसहितको ‘याडिया एक्सचेन्ज मेला’को घोषणा

कुजु नेपाल प्रालि नेपालका लागि याडिया ब्रान्डको ई-स्कुटरको आधिकारिक वितरकले ३० हजार रुपैयाँ नगद छुटसहित ‘याडिया एक्सचेन्ज मेला’ घोषणा गरेको छ।

विद्युतीय दुईपांग्रे सवारीसाधनको अग्रस्थानमा रहेको ब्रान्ड याडियाले यो अफर याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडलमा छोटो अवधिका लागि मान्य हुने गरी ल्याएको हो। यस अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर ल्याउन र आकर्षक ३० रुपैयाँ नगद छुट, ६.९९ प्रतिशत ब्याजका साथ सजिलो ईएमआई र एक वर्षको रोड ट्याक्ससहितको नयाँ याडिया इलेक्ट्रिक स्कुटर घरमा लिन सक्नेछन्।

यो अफर एक्सचेन्ज नगरी याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा पनि लागू हुनेछ।

याडिया नेपालले आफ्नो विश्वव्यापी प्रिमियम  मोडलहरु लिएर नेपालमा आफ्नो उपस्थिति स्थापित गरेको छ र नेपालमा रहेको याडिया ब्रान्डका ई–स्कुटरहरुको मोडेल, मूल्य र दयरा यस्ता छन्  ।

सी१एस– रु. ३७०००० (८० कि.मि. दायरा)

जी५– रु. ३५०००० (८० कि.मि.  दायरा)

एस–लाइक (२५५००० (६० कि.मि. दायरा)

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *