सर्वाेत्तम सिमेन्टको साधारण सभा सम्पन्न,आईपिओ निष्काशन गर्ने

सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

माघ ११ मा सम्पन्न सभाले  बुक विल्डिङ्ग विधिबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले ६० लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ।

सभाले धादिङ जिल्ला रोरांग गाँउपालिका स्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि १५ करोड १ लाखमा खानी खरिद गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

सभाले लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *