एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनीको ६ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ ।
बैंकले नागरिक लगानी कोष र आरएमडिसी लघुवित्तको गरि कुल ६ लाख ३१ हजार ९ सय ६७ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो।
हाल कायम संस्थापक वा जो कोहि व्यक्ति , संघ संस्था कम्पनीले यी शेयरमा आवेदन दिन सक्ने छन् । नागरिक लगानी कोषको शेयरमा भने बैंक वित्तीय संस्था र बीमाले मात्र आवेदन दिन सक्ने छन् ।
आज १३ गतेदेखि माघ २० गतेसम्म यी शेयर लिलाम गर्न लागेको हो । बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ६५ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो ।
बैंकले यी शेयरको न्युनतम मूल्य ४९४ कायम गरेको छ । सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ ।