एशियन लाईफ इन्स्योरेन्सको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ। कम्पनीले प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको हो । मंगलवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ३२२ को आधारमा कम्पनीकोबोनस शेयरपछिको मूल्य रू. १ हजार ५७ दशमलव ६० तोकेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । कम्पनीले यस वर्ष कुल २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । २५ प्रतिशत बोनस शेयरसँगै कम्पनीले कर प्रयोजन समेतका लागि २ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने तयारी गरेको हो ।
जसका लागि कम्पनीले माघ २१ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते एक दिन बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोज पछिको मूल्य तोकेको हो । माघ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन ।