काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ को विन्दुमा बन्द भएको छ ।
आज ३४६ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड माथिको शेयर कारोबार भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ७५ लाख रुपैयााको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १९ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै श्रीनगरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १२.५७ प्रतिशतका दरले कमाएका छन् । शिखर पावरका लगानीकर्ताले ७.९१ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोपावरका लगानीकर्ताले ७.८८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १०.३८ प्रतिशतका दरले गुमाउका हुन् ।






