सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । आज बालवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको हो ।
बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘यो व्यवस्थाले हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने हाम्रो विश्वास छ ।’ ७२ जना सवार यति एयरलाइन्सको विमान आइतबार बिहान पोखराको सेती नदी खोँचमा दुर्घटना भएपछि बसेको बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ । यस्तै भोलि (सोमबार) शोकबिदा दिने निर्णय पनि गरेको छ ।
Artha Sanjal






