राष्ट्रपति र सभामुखको विषयमा कांग्रेससँग पनि छलफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र सभामुख पदबारे नेपाली कांग्रेसँग पनि छलफल गर्ने बताएका छन् । उनले कांग्रेसले आफूलाई समर्थन गरिसकेपछि आफ्नो पनि जिम्मेवारी हुने भन्दै राष्ट्रपति र सभामुख लगायतका विषय छलफल गर्ने बताए ।

शनिवार सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘अस्ति ओली र मैले सहमति गर्दा कांग्रेस प्रतिपक्ष हुन्छ भन्ने कल्पना गरिएको थियो । जब मलाई कांग्रेसले पनि समर्थन गरिसकेपछि मेरो पनि जिम्मेवारी हुने भयो । राष्ट्रपति सभामुख लगायतका विषय के गर्ने भनेर छलफल गर्नुपर्नेछ ।’

प्रधानमन्त्री प्रचण्डले सभामुखको निर्वाचनअघि माघ ३ गतेका लागि सर्वदलीय बैठक बोलाएको समेत बताए । सत्ता साझेदार दलहरूमा राष्ट्रपति र सभामुख कसलाई बनाउने भन्नेबारे लिखित सहमति नभएको समेत जिकिर गरे।

प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नभएको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहान सरकारलाई पूर्णता दिने विषयमा कुरा भएको बताए । उनले भने, ‘ओलीजीसँग पनि सरकारलाई पूर्णता दिनेबारे छलफल भएको छ । हामीबीच केही समस्या छैन । केही दिनमै सरकारलाई पूर्णता दिन्छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *