प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने तयारी गरेका छन् । शनिबार सरकारी निवास बालुवाटारमा सम्पादकहरुसँगको अन्तरक्रियामा उनले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउँदै त्यसको तयारी भइरहेको जानकारी गराएका हुन् ।

यसअघि पनि प्रचण्डले भारतमै पहिलो भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । प्रचण्डले विभिन्न मिडियाका सम्पादकहरुसँग सरकारका प्राथकिमताहरु, विभिन्न राजनीतिक दलहरु बीचको सम्बन्धका बारेमा छलफल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *