राप्रपाका बिक्रम पाण्डे बिरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा, रहला त सांसद पद ?

राप्रपाका नव निर्वाचित सांसद बिक्रम पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा सर्वाेच्चमा पुनरावलोकन गरेको छ । सिक्टा सिंचाई भ्रष्टाचार प्रकरणमा मुद्दा पुनरावलोकन भएको हो ।

उक्त मुद्दामा पाण्डे लगायत सबैलाई बिशेष अदालतले सफाई दिएको हो । भ्रष्टाचार भएको पर्याप्त प्रमाणलाई नजरअन्दाज गरी सफाइ दिइएको भन्दै अख्तियार सर्वोच्च पुगेको हो ।

सिक्टा सिचाईमा दुई अर्ब १३ करोड ७६ लाख भ्रष्टाचार भएको दाबीसहित बिशेष अदालतमा मुद्दा परेकोमा उनीहरुलाई गत ५ असारमा सफाइ दिएको थियो  ।

मुद्दामा सफाइ पाएपछि उनी गत मंसिरको चुनाव लड्न पाएका थिए । उनी चितवन ३ बाट विजयी समेत भए । सर्वाेच्चमा मुद्दा गएपछि उनको पद के हुन्छ भन्ने बिषयमा अन्योलता देखिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *