

राप्रपाका नव निर्वाचित सांसद बिक्रम पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा सर्वाेच्चमा पुनरावलोकन गरेको छ । सिक्टा सिंचाई भ्रष्टाचार प्रकरणमा मुद्दा पुनरावलोकन भएको हो ।
उक्त मुद्दामा पाण्डे लगायत सबैलाई बिशेष अदालतले सफाई दिएको हो । भ्रष्टाचार भएको पर्याप्त प्रमाणलाई नजरअन्दाज गरी सफाइ दिइएको भन्दै अख्तियार सर्वोच्च पुगेको हो ।
सिक्टा सिचाईमा दुई अर्ब १३ करोड ७६ लाख भ्रष्टाचार भएको दाबीसहित बिशेष अदालतमा मुद्दा परेकोमा उनीहरुलाई गत ५ असारमा सफाइ दिएको थियो ।
मुद्दामा सफाइ पाएपछि उनी गत मंसिरको चुनाव लड्न पाएका थिए । उनी चितवन ३ बाट विजयी समेत भए । सर्वाेच्चमा मुद्दा गएपछि उनको पद के हुन्छ भन्ने बिषयमा अन्योलता देखिएको छ ।
Artha Sanjal
अर्थ सन्जाल