अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि

  • अर्थ सन्जाल
  • १८ पुष २०७९, सोमबार २०:०८


गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा जिल्लामा १६ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । गत वर्ष पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार नौ सय ३६ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा कूल नौ सय ९७ हेक्टर क्षेत्रफमा सुन्तला खेती हुँदै आएको छ । 

जसअन्तर्गत उत्पादनशील पाँच सय ८८ हेक्टर क्षेत्रफलमा छ हजार आठ सय ३८ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । जसको उत्पादकत्व ११.८० मेट्रिकटन प्रतिहेक्टर रहेको भण्डारीले बताए। जिल्लामा यस पटक २९ करोड ३७ लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तलाबाट यहाँका कृषकले रु १३ करोड २१ लाख ४१ हजार आम्दानी गरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

 कृषकको आफ्नै लगानी, स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रको सहयोगमा ५५ हेक्टर क्षेत्रफलमा सुन्तला रोपण गरेका छन् । कृषकले रोपण गरेका कूल सुन्तला बगैँचाको क्षेत्रफलको करिब ५९ प्रतिशत बोटमा सुन्तला फलेको ज्ञान केन्द्रको तथ्यांक छ । सुन्तला बढ्नुमा क्षेत्रफलमा वृद्धि, फल बाक्लो लाग्नु, बगैँचा व्यवस्थापनमा सचेतना बढ्नु, मौसम अनुकूल र फल्ने बोटको सङ्ख्यामा बढ्नु रहेको छ ।

विगत १० वर्षदेखि सुन्तला बगैँचा व्यवस्थापनमा गरिएका असल कृषि अभ्यासको कारण सुन्तला उत्पादनमा बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीका प्रमुख गङ्गा पोख्रेल बताउँछन्। गुल्मीमा अझै पनि परम्परागत प्रविधिबाट सुन्तलाको खेती गर्ने प्रचलन छ । जसका कारण ९५ प्रतिशत भन्दा बढी सुन्तला बगैचाहरु बिजु बोटकै रहेका छन ।

बिजु बोटमा फेद कुहिने र जरा कुहिने मुख्य समस्या देखिएको छ । त्यसका अतिरिक्त अधिकांश बगैँचामा मलखाद र सुुक्ष्म तत्वको अभावले पात पहेँलो र  छिर्केमिर्के हुने, बोटका हाँगा सुक्ने, बोट टुप्पाबाट सुक्दै जाने, फल झर्ने, फल नलाग्ने र लागेपनि रसिलो नहुने, बोक्रा बाक्लो र फल सानो हुने जस्ता समस्या देखिएको परियोजना प्रमुख पोखरेलले बताए । 

सुन्तलाजात फलफूलको दिगो रुपमा बृहत्तर विकासका लागि कृषि ज्ञान केन्द्रले सुन्तलाका अगौटे तथा पछौटे जात पहिचान गरी तिनको व्यावसायीकरण गर्न सुरु गरेको छ । गुणस्तरीय बिरुवा उत्पादनका लागि नर्सरी व्यवस्थापनमा सुधार गर्ने, सुन्तलाजात फलफूल बिरुवाको न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण, जालीघर पद्धतिमा कलमी बिरुवामा उत्पादन प्रविधिको विस्तार, बिजु बिरुवा रोपण कार्यलाई पूर्णमा रुपमा बन्द गर्ने लगायतका कार्यक्रमलाई कृषक माझ पुर्‍याउन थालेको छ । ज्ञान केन्द्रले सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा सुधारलगायत मलखाद, सिँचाइ र काँटछाँट गर्ने जस्ता कार्यक्रम गर्दै आएको छ । 

जिल्लाका १२ स्थानीय तहमध्ये नौ पालिका सुन्तलाको पकेट क्षेत्र रहेका छन् । जसअन्तर्गत रेसुङ्गा नगरपालिकाको भाँडगाउँ, अर्खले र भुवनपानी, धुर्कोट गाउँपालिकाको नयाँगाउँ र पिपलधारा, छत्रकोट गाउँपालिकाको लुम्छा र रुक्से, मुसिकोट नगरपालिकाको अर्लाङकोट तथा गुल्मीदरवार गाउँपालिकाको जुभुङ लगायतका स्थान सुन्तला खेतीका लागि प्रख्यात छन । 

Artha Sanjal
मिती : १८ पुष २०७९, सोमबार २०:०८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘टाइगर कप’मा चम्केका रवि केसी

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा

ताजा समाचार

  1. ‘टाइगर कप’मा चम्केका रवि केसी
  2. सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
  3. अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने
  4. अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
  5. अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने
  6. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  7. माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

विजनेश फोकस

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनि...

सिभिल लघुवित्तको लाभांश प्रस्ताव

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.