सूर्या र ज्योती लाइफले पुस ७ बाट एकीकृत कारोबार सुरु गर्ने

सूर्या लाइफ र ज्योती लाइफ इन्स्योरेन्सले बिहीबार (पुस ७ गते) बाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। बीमा प्राधिकरणले यी दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न मंसिर २९ गते अन्तिम स्वीकृति दिएको थियो।

त्यसअघि गत कात्तिक २८ गते सम्पन्न दुवै कम्पनीको वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई पारित गरेको थियो।

अब सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट पुस ७ गते एकीकृत जीवन बीमा कारोबार हुनेछ। डाटा माइग्रेसन तथा सिस्टम इन्टेग्रेसन गर्नुपर्ने भएकोले पुस ६ गते एक दिनका लागि बिहान ८ बजेदेखि सम्पूर्ण सेवा अवरुद्ध हुने पनि दुवै कम्पनीले जनाएका छन्।

यी दुवै कम्पनीबीच गत असार १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। सूर्या लाइफ र ज्योति लाइफबीच १:०.८२ सेयर अनुपात कायम मर्जरमा गएका हुन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *