३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कसको चुक्तापुँजी कति?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ३७ बीमा कम्पनीको अद्यावधिक विवरणसहितको सूची सार्वजनिक गरेको छ । बुधबार जारी सूचनाअनुसार प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ३५ बमोजिम चैत मसान्तसम्मको तथ्यांकका आधारमा उक्त सूची सार्वजनिक गरेको हो ।

प्राधिकरणकाअनुसार हाल देशभर १४ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । त्यसैगरी निर्जीवन (जनरल) बीमा कम्पनीको संख्या पनि १४ नै रहेको उल्लेख गरिएको छ ।

यस्तै, पुनर्बीमा क्षेत्रमा २ वटा कम्पनी सक्रिय रहेका छन् भने ७ वटा लघुबीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *