काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको क्षमता बृद्धि तालिम सहित मनोरञ्जनात्मक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको नारायणगढमा बैशाख ६, ७ र ८ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिबृद्धि तालिम कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले व्यवसायीक जीवनमा सफल अभिकर्ताहरुलाई अझ प्रखर बनाउन यस किसिमका क्षमता अभिबृद्धि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
मनोरञ्जनले जीवनका लागि उर्जाका रुपमा काम गर्छद, त्यसैले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ज्ञान र मनोरञ्जनलाई सँगसँगै लादै आएको छ, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले थपे ।
कम्पनीमा आवद्ध एक सय पचास जना भन्दा बढि अभिकर्ता लिडरहरुको उपस्थिति रहेको कार्यक्रममा अन्तराष्ट्रिय स्तरका लाइफ इन्स्योरेन्स कोच काजिम रजाको बीमा विक्री कला र व्यवसायीक क्षमता अभिबृद्धि सेसन रहेको थियो । व्यवहारी बिक्री कला सेसनले कार्यक्रमलाई थप उर्जा तथा हौसला प्रदान गरेको थियो ।
कार्यक्रमको अर्को आकर्षण प्रसिद्ध कलाकार त्रय चक्र दवाडी, सुबोध गौतम र सिता न्यौपानेको प्रस्तुती रहेको थियो । कलाकार त्रयले अभिकर्ता लिडरहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।







