पोखरा फाइनान्सद्वारा ४.२१ प्रतिशत लाभांश प्रस्ताव

पोखरा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार (पुस ४ गते) बसेको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी कुल ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २१ लाख ८५ हजार ९३१.६१ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभा अनुमोदन गरी कार्यान्वयनमा ल्याउनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *