

एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड छैठौं वर्षमा प्रवेश गरेको छ । नेपालको सर्वोत्कृष्ट बैंक, एनआईसी एशिया बैंकको सहायक कम्पनीको रुपमा स्थापित यस लघुवित्तले आफ्नो वित्तीय सेवा शुभारम्भको पाचौं वर्ष पूरा गरि छैठौं वर्षमा प्रवेश गरेको हो ।
सोही उपलक्ष्यमा लघुवित्तले सम्पूर्ण ग्राहकहरू, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, प्यारेन्ट कम्पनी एनआईसी एशिया बैंक, सेयरधनीहरू, प्रत्यक्ष।अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने शुभचिन्तकहरू तथा अन्य सरोकारवालाहरूमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ ।
हाल सम्म ७४ जिल्लामा २८७ शाखा कार्यालयहरू मार्फत २ लाख ३ हजार भन्दा धेरै घरपरिवारलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको एनआइसी एशिया लघुवित्तले आगामी दिनमा अझै सवल तथा उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
बनेपा, काभ्रेमा केन्द्रीय कार्यालय रहेको यस एनआइसी एशिया लु्घवित्त वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग तथा तालिमहरु समेत प्रदान गर्दै आइरहेको छ ।
संस्थाले आर्थिक वर्ष २०७७/७८ मा आफ्ना शेयरधनीहरुलाई ५.४२ प्रतिशत नगद लाभांश समेत वितरण गरेको थियो । संस्थाले गत आर्थिक वर्ष २०७८।७९ को अन्त्यसम्ममा ३१.७३ प्रतिशत खुद नाफा बढाएर ५८ करोड ५६ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाले सोही आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्न बाँकी छ । नाफाको आधारमा संस्थाले आफ्ना शेयरधनीहरुलाई पनि राम्रै प्रतिफल वितरण गर्न सक्ने देखिन्छ ।
अर्थ सन्जाल