नबिल बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको सर्वाधिक कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१.०६ बिन्दुमा कायम भएको छ ।

यसदिन ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १.८२ अंकले बढेर ३८३.६६ बिन्दुमा  कायम भएको छ ।

नेप्से बढेसँगै आज सेयरबजारमा एक अर्ब ३२ करोड २९ लाख ७२ हजारको कारोबार भएको छ ।  नबिल बैंकको सर्वाधिक १४ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

एनसीसी बैंक, हिमाल दोलखा हाइड्रोपावर, हिमालयन डिष्टिलरी, नेष्डो समृद्ध लघुवित्त, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट्स, शाइन रेसुङ्गा विकास बैंक, जीवन विकास लघुवित्त, नेपाल टेलिकम सर्वाधिक कारोबार भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *