

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१.०६ बिन्दुमा बन्द भएको छ ।
यसदिन ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १.८२ अंकले बढेर ३८३.६६ बिन्दुमा बन्द भएको छ ।
कारोबार अवधिभर २४१ कम्पनीको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर एक अर्ब ३२ करोड २९ लाख ७२ हजार रुपैयाँमा किनबेच भएको छ ।
यसदिन ३ समूहबाहेक १० वटै सूचक हरियाली बनेको छ । बिहीबार १०२ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने ८४ कम्पनीको सेयरमूल्य घटेको छ । आज ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था र स्वत्तगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सनको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९२.६० रुपैयाँ पुगेको छ भने स्वत्तगंगाको शेयरमूल्य ९.२१ अंकले बढेर प्रतिकित्ता २६४.३० रुपैयाँ पुगेको छ ।
आज सिटिजन्स मयुचुअल फण्डको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज १४ करोड ४५ लाख भन्दा बढीको कारोबार भएको छ ।
अर्थ सन्जाल