अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

महाकाली सिँचाइ आयोजना : ‘पानी ल्याउने विषय अन्योल’

  • अर्थ सन्जाल
  • १५ मंसिर २०७९, बिहीबार १६:५७


महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए पनि नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन । गत असार १५ मा भारतीय पक्षले मूल नहरमा पानी छाडेको थियो । राष्ट्रिय गौरवको आयोजनामा समेटिएको सो आयोजनामा तेस्रो चरण अन्तर्गत हालसम्म २६ किलोमिटर मूलनहर बनिसकेको छ ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले नहरमा नियमित पानी ल्याउने विषयमा भारतीय पक्षसँग कुराकानी नभएको बताए । उनले हाल निर्माणाधीन मूलनहरका केही स्थानमा प्राविधिक समस्या देखिएकाले सो विषयमा ध्याना दिइएको जानकारी दिए । “गाउजी क्षेत्रको दोस्रो प्याकेजमा पर्ने जङ्गलक्षेत्रमा प्राविधिक समस्या हुँदा नहरमा नियमित पानी ल्याउने विषयमा कुरा भएको छैन”, उनले भने, “पानी ल्याएर कहाँ हाल्ने भन्ने विषयको पनि टुङ्गो छैन ।”

विसं २०६४ देखि सुरु भएको आयोजना विसं २०७५ मा आइपुग्दा १२ किलोमिटर मूलनहर निर्माण भएको थियो । पछिल्लो समय आयोजनाले गति लिएको इञ्जिनियर पण्डितको भनाइ छ । विसं २०७५ अघिसम्म मुआब्जा विवाद, बजेट अभाव लगायतका समस्याले जेलिएको थियो”, उनले भने, “अब समस्या नभएकाले आयोजनाले गति लिएको हो ।”

एक सय ५१ किलोमिटर मूलनहर निर्माण गरी कैलालीको मालाखेतीसम्म ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको आयोजनाले अहिले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मूलनहर निर्माणको प्रक्रिया अघि बढाइरहेको छ । “मूल नहर निर्माणको स्टिमेट बनाएर स्वीकृतिका लागि सिँचाइ विभागमा पेस गरेका छौँं”, उनले भने, “स्वीकृति आउनासाथ अरु प्रक्रिया अघि बढ्छ ।”

हाल तीन चरणमा निर्माण भइरहेको मूलनहरको पहिलो चरणमा साढे पाँच किलोमिटर मूलनहरको काम सकिएको छ भने दोस्रो चरणमा पाँच किलोमिटरको पनि ९० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

त्यसैगरी तेस्रो चरणमा पाँच किलोमिटरको ७५ प्रतिशत काम सकिएको र बाँकी निर्माण भइरहेको छ । आयोजना अघि बढाउनका लागि हाल रु एक अर्ब २४ करोड रकम विनियोजित छ । त्यसैगरी शून्यदेखि २८ किलोमिटरसम्मको मूल नहर अन्तर्गत शाखा नहर निर्माणका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भइसकेको आयोजनाका इञ्जिनियर पण्डितले जानकारी दिए । “४८ किलोमिटर शाखा नहर बनाउन ठेक्का भइसकेको छ”, उनले भने, “ त्यसका लागि रु एक अर्ब बढीको ठेक्का सम्झौता भइसकेको छ ।” रासस

Artha Sanjal
मिती : १५ मंसिर २०७९, बिहीबार १६:५७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन

हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)

ताजा समाचार

  1. फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
  2. आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन
  3. हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर
  4. स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)
  5. सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहकलाई विशेष छुट
  6. नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा जाँच
  7. बजारमा आउन थाले विसं २०८० का पात्रो

विजनेश फोकस

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अन्त: शुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य प...

वाणिज्य विभागद्वारा दुई रेष्टुराँलाई एक-एक लाख ...

सिभिललाई प्राप्ति गर्न हिमालयन बैंकले पायो अन्त...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.