तीन ब्रोकरमाथि धितोपत्र बोर्डको कारबाही

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था उल्लंघन गरेको आरोपमा तीन ब्रोकर कम्पनीलाई कारबाही गरेको छ।

बोर्डले सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई आर्थिक जरिवाना गरेको हो।

धितोपत्र बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७फ. उपदफा (१) खण्ड (ख) अनुसार सिप्ला सेक्युरिटिजलाई ५० लाख रुपैयाँ तथा श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३०–३० लाख रुपैयाँ जरिवाना गरिएको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *