नेपाल लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा चमक, प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले अधिकाशं सूचकमा उल्लेख्य प्रगति गरेको छ ।

असोज मसान्तसम्म कम्पनीले ९ अर्ब ९३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा १.९७ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीको बीमा शुल्क आर्जन ९ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको नाफा २३९८.२२ प्रतिशतले बढेर १७ करोड ५७ लाख रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा ७० लाख ३३ हजार रुपैयाँ नाफा गरेको थियो ।

यो अवधिमा कम्पनीले ४ अर्ब ३५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष कम्पनीले ४ अर्ब २६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

कम्पनीको व्यवस्थापन खर्च बढेर २७ करोड ६७ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च १९ करोड ६३ लाख रुपैयाँमा सीमित थियो।

कम्पनीको जीवन कोषको आकार १९.६४ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष जीवन बीमा कोषमा १ खर्ब १८ अर्ब करोड रुपैयाँ थियो।

चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.५६ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ०.३९ रुपैयाँ थियो। पीई अनुपात ६७.९७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३४.३९ रुपैयाँ रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *