डाबर नेपालको मह अखाद्य, बजारबाट फिर्ता लिन विभागको निर्देशन

काठमाडौं । डाबर नेपालले उत्पादन गरेको मह अखाद्य भएको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना परीक्षण गर्दा ‘डाबर हनी’ गुणस्तरहीन पाइएको हो ।

विभागले सूचना जारी गर्दै बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको डाबर नेपाल प्रालिबाट उत्पादन गरेको मह खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम न्यूनस्तरको पाइएको जनाएको छ ।

प्रयोगशाला परीक्षणमा महले तोकिएको मापदण्ड पूरा नगरेको पुष्टि भएपछि विभागले ऐनको दफा ३८ (२) बमोजिम उक्त उत्पादनको मह बिक्री वितरण नगर्न र नगराउन, बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई आदेश दिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *